दल

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि भएन - लेखनाथ दाहाल

इकागज |
असोज ५, २०८१ शनिबार १७:३९ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । ​

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको बताएका हुन् । 


 गोर्खा मिडियामा जिबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको उनले बताए । सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए ।

 जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै नभेटिएको नेता दाहालको भनाइ छ । साथै, उनले सहकारी ठगी छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि बताए ।

नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्रहरू कांग्रेस–एमालेका नेताहरु रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे । 


Author

थप समाचार
x