दल

काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली

इकागज |
असोज ५, २०८१ शनिबार २२:२० बजे

फाइल फाेटाे

काठमाडौँ  - नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गरेका  छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने भनाइ राखे । उनले सेवा गरेमात्र जनताले पत्याउने बताए । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उनले व्यवहारिक कुरा गर्नुपर्ने बताए । 


उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकर्ताले इमान्दार र नैतिक आचरण हुनुपर्नेमा जोड दिए ।  “हामीभित्र पनि खराब बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्दछ,” उनले भने  “आफूलाई बदल्न सकेमात्र देश र जनतालाई बदल्न सकिन्छ ।”


Author

थप समाचार
x