दल

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता

इकागज |
असोज ८, २०८१ मंगलबार १५:२२ बजे

काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । 

भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेको थियो । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।


सो क्रममा सिंहले मन्त्रालयको काम कारबाहीलाई थप प्रभावकारी बनाउनका लागि कार्यसम्पादन सम्झौता गरिएको बताए । उनले सबै कार्यहरू समयमा नै हुने र कार्यसम्पादनमा कुनै बाधा अड्चन नआउने गरि कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे । ​

उनले कार्यसम्पादन सम्झौता अनुसार काम गर्न निर्देशन समेत दिए । 


Author

थप समाचार
x