दल

रविन्द्रको प्रकाशमानलाई चुनौती: एक्लै-एक्लै फाइट गर्ने ?

इकागज |
असोज ८, २०८१ मंगलबार १६:५७ बजे

काठमाडौँ -  राप्रपाका उपसभापति रविन्द्र मिश्रले काँग्रेस नेता तथा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई चुनौती दिएका छन् । उनले निर्वाचनमा एक्लै एक्लै फाइट गर्ने हो भन्दै चुनौती दिएका हुन् ।  

एक्लै - एक्लै लडेको भए सिंहलाई दुवै पटक आरामले हराइदिने उनले ठोकुवा गरे । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मिश्रले सिंहले सबै हतकण्डा अपनाएर अर्काको बुइ चढेर चुनाव जितेको आरोप लगाए । उनले भने, 'एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।'


अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदी रिता सिंह वैद्यलाई बचाऊ गर्न "मुद्दा नै ढिसमिस गर्न खोजेको समाचारहरू आएपछि मिश्रले यस्तो लेखेका हुन् । उनले  सिंहलाई हराएको दिननै देशमा परिवर्तनको संकेत आउने बताए । 'जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ', उनले भने ।


Author

थप समाचार
x