दल

अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने

इकागज |
असोज ८, २०८१ मंगलबार १९:४६ बजे

काठमाडौँ - अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिँडाउनका निम्ति भएको बताएका छन् ।

उनले विद्यार्थी आन्दोलनको पुनर्जीवनका लागि अखिल (क्रान्तिकारी) को पुनर्गठन आवश्यक रहेको उल्लेख गरेका छन् ।


अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन असोज १० बाट सुरु हुँदैछ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले गर्दैछन् ।

अध्यक्ष पदमा नरेश रेग्मी, दीपेश पुन, मदन भुल, मदन भट्टराई, केशव रावल, क्षितिज सापकोटा, प्रविणा अधिकारी, जीपी मैनाली लगायतले दाबी गरेका छन् ।


Author

थप समाचार
x