कांग्रेसको शिक्षा विभागमा १० सदस्य मनोनीत
तस्विरः फाइल फोटो
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।
केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा विभागमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले १० सदस्य मनोनयन गरेको कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले जानकारी दिएका हुन् ।
मनोनित सदस्यमा प्रा.डा. कमलदीप ढकाल, सिन्धुली, राजकुमार आचार्य, खोटाङ, पुजा पासवान, महोत्तरी, हरिसिंह के.सी., धादिङ, बिक्रम पाण्डे, काठमाडौं, राजन श्रेष्ठ, काठमाडौं, किरण भट्ट, गोरखा,
लालमणि भण्डारी, दाङ, खेमराज के.सी., दैलेख र तारामान रावल, कैलाली रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया