दल

राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने कांग्रेसको निर्णय

इकागज |
असोज १३, २०८१ आइतबार १२:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति भएकाले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको हो ।


बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैया सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको र यसका लागि सबै सांसदहरुको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासँग स्थगन गरि सवै भातृ संगठनलाई उद्दारमा खट्न निर्देशन दिएको छ भने बिषम परिस्थितिका कारण हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए ।

बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गर्दै सबै घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको उनले बताए । अवरुद्ध भएको सडकसञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रुपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए ।

त्यस्तै बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्दै उपनिर्वाचनमा पार्टीकातर्फबाट खडा गर्ने उम्मेदवारलाई पत्र दिनका लागि सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।


Author

थप समाचार
x