दल

एमालेले उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने

इकागज |
असोज १३, २०८१ आइतबार १४:४० बजे

काठमाडौँ - सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयं सेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरू परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।


विगत तीन दिनदेखि देशभर परेको अत्यधिक वर्षातका कारण कम्तीमा पनि १०७ जनाले ज्यान गुमाएका छन् भने ७० जना हालसम्म बेपत्ता छन् । आज दिउँसोका लागि सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सुझावहरु राख्ने पनि निर्णय भएको एमालेले जनाएको छ ।


Author

थप समाचार
x