दल

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

इकागज |
असोज १६, २०८१ बुधबार १५:५८ बजे

फाइल फाेटाे

काठमाडौँ  - नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । 

एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । 


नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र  राष्ट्रिय सभामा ८ गरी १८ जना सांसद रहेका छन् ।

चौधरीले आफ्नो पार्टीका सांसदको १५ दिनको पारिश्रमिक कोषमा जम्मा गरिदिन संसद सचिवालयलाई पत्र लेखेका छन् ।
 


Author

थप समाचार
x