दल

नमोबुद्ध गाउँपालिकाका बाढी पीडितहरूलाई छिटो राहत दिन रास्वपाको सरकारसँग माग

इकागज |
असोज १६, २०८१ बुधबार २०:३ बजे

फाइल फाेटाे

काठमाडौँ - काभ्रेपलाञ्चोक नमोबुद्ध गाउँपालिकाका बाढीपीडितहरूले छिटोभन्दा छिटो राहत दिन सरकारसँग माग गरेका छन् । 

बाढीका कारण घरहरू क्षति भएको र खाद्यान्नको समेत अभाव हुन थालेको भन्दै छिटोभन्दा छिटो राहत दिन सरकारसँग माग गरेका हुन् ।


उनीहरुले बाढीका कारण घर भत्किएकाले आवास बनाउनका लागि अनुदान दिन समेत माग गरेका छन् ।

बाढीका कारण सडक सञ्जाल समेत अवरुद्ध भएकाले खाद्यान्न ल्याउन सक्ने अवस्था समेत नभएकाले राज्यले पीडितलाई ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

बाढीका कारण नमोबुद्ध गाउँपालिकामा पनि धेरै धनजनको क्षति भएको छ । अविरल वर्षाका कारण बाढी पहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा खानेपानीको समेत अभाव देखिएको छ । 


Author

थप समाचार
x