दल

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल

इकागज |
असोज २०, २०८१ आइतबार १९:५६ बजे

चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए । 


अध्यक्ष दाहालले भने, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छाैँ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने । फरक प्रसङ्गमा उनले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले राजनैतिक दल, सरकार र सामाजिक संघसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए । 

 अध्यक्ष दाहालले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।” 

 


Author

थप समाचार
x