Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

विपक्षी दलको बैठकमा प्रचण्डको ब्रिफिङ : रवि लामिछाने पक्राउ पर्ने सूचना पाएको छु

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १२:३७ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् । 

शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् । 


बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको प्रचण्डले बैठकमा बताएका थिए ।

सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैठकमा लामिछानेलाई पक्राउ गरेमा प्रतिवाद गर्ने विषयमा छलफल भएको बताइएको छ ।  


Author

थप समाचार
x