Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

अदालतले पक्राउ पुर्जी जारी गरेपछि रविले भनेः सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १७:३३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार मरेर हामीलाई जुठो परेको बताएका छन् । जिल्ला अदालत कास्कीले प्रहरीलाई पक्राउ पुर्जीको अनुमति दिएपछि उनले सरकार मरेर हामीलाई जुठो परेको बताएका हुन् ।

उनले प्रश्न गरेका छन्,’ तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?’


उनले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई लक्षित गर्दै तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने बताएका छन् ।

‘तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?,’ उनले अगाडि थपे,’  तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? ‘

 

 


Author

थप समाचार
x