Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

कास्की प्रहरीले भन्योः रविलाई पक्राउ गरी पोखरा पठाइदिनू

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १७:५९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेर पोखरा पठाउन अनुरोध गरेको छ । कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरी पोखरा पठाउन पत्र पठाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गरी पठाइदिन पत्र पठाएको हो ।


लामिछानेलाई पक्राउ गर्न शुक्रबार नै प्रहरीले कास्की जिल्ला अदालतबाट अनुमति लिएको हो । यता काठमाडौंस्थित रास्वपाको पार्टी कार्यालयमा भने नेता तथा कार्यकर्ताहरु भेला भएका छन् । ठूलो संख्यामा प्रहरी पनि तैनाथ गरिएको छ ।


Author

थप समाचार
x