Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

विराटनगरमा शेखरले कार्यकर्तासँग भनेः सभापतिमा जितेर पार्टीमा गुमेको साख फर्काउछु

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १८:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।

विराटनगर स्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरूसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।


"अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्"- कोइरालाले भने । कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफुले भनेजति काम गर्न नसकेको समेत बताए ।

बिराटनगर स्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरूसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी कहि गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

कोइरालाले २०८२ मंसिर भित्रै पन्ध्रौं महाधिवेशन हुनुपर्ने बताए। समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धराशायी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।


Author

थप समाचार
x