Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

पूर्वगृहमन्त्री लामिछानेमाथि संगठित अपराधमा पनि अनुसन्धान

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १८:४३ बजे

पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

उक्त अनुमतिअनुसार कास्की प्रहरीले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको छ ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै 'मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध' ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको हो ।

लामिछाने पक्राउ गर्नका लागि कास्की जिल्ला अदालतले शुक्रबारकै अनुमति दिएको थियो । अदातलको अनुमति लगत्तै लामिछानेलाई पक्राउ गरी पठाउन पत्र आएको हो ।


Author

थप समाचार
x