Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

दल

लामिछानेको पक्राउमा अवरोध गर्दैनौं- मनिष झा

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १८:४१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन् ।

पार्टी कार्यालय अगाडी मिडियालाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउँदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले कुनै अमुक व्यक्तिको राजनीतिक कुण्ठा पुरा गर्न प्रहरी परिचालन गरेर लामिछानेलाई पक्राउ गर्न लागिएको समेत आरोप लगाएका छन् ।


झाले केही बेरमा लामिछानेले मिडियालाई सम्बोधन गरेपछि प्रहरीसँग जाने र प्रहरीले उनलाई आजै पोखरा लैजाने जानकारी दिएको बताएका छन् ।

शुक्रबार नै जिल्ला अदालत कार्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली रास्वपा कार्यालय पुगेको थियो ।   


Author

थप समाचार
x