दल

रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १८:५५ बजे

काठमाडौँ- नेकपा एमालेका नेता विष्णु रिजालले रवि लामिछानेलाई जवाफ दिदै सरकार मरेको नभएर सक्रिय भएको बताएका छन्  । 

लामिछानेले आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निशाना साधेका थिए ।


त्यसको जवाफमा रिजालले रवि लामिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु कानुनले आफ्नो बाटो लिएको रुपमा टिप्पणी गर्दै कानुनलाई सघाएर ६५ करोडको जवाफ दिन सुझाव दिएका छन् ।

उनले भनेका छन्- 

रवि लामिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय


Author

थप समाचार
x