दल

सार्वजनिक सम्पति तोडफोड गर्ने आन्दोलनलाई रास्वपाले समर्थन गर्दैन- गणेश कार्की

इकागज |
कात्तिक ३, २०८१ शनिबार १६:३३ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताएका छन् । 

सभापति रवि लामिछाने पक्राउ परेपछि विभिन्न जिल्लामा सडक बन्द गर्ने, टायर बाल्ने जस्ता घटना हुन थालेपछि कार्कीले विरोधको यो तरिकालाई रास्वपाले समर्थन नगर्ने बताएका हुन् ।  


उनले यस्ता किसिमका आन्दोलन गर्ने रास्वपा या रवि लामिछानेका समर्थक हुन नसक्ने बताएका छन् 

उनले भनेका छन्, 'विरोधको यो तरिकालाई रास्वपाले कहिले पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन् । 

यसैले, नागरिकका मुद्दा अझ बढी उठाउने, विधिलाई हुबहु लागू गर्ने र गराउनेमा उपस्थित हुँदा रचनात्मक र शान्तिपूर्ण रुपमा भइदिनु हुन आग्रह छ । तथा, समर्थककारूपमा घुसपैठ गरेर रास्वपाका नाममा खराब गर्ने सम्भावना रहेको हुँदा सचेत भएर त्यस्तो भेटिएमा प्रहरीलाई जिम्मा लगाइदिन हुन अनुरोध छ ।'


Author

थप समाचार
x