दल

पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी

इकागज |
कात्तिक ५, २०८१ सोमबार १३:५३ बजे

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् ।

देशभरबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन् ।


रास्वपाका कार्यकर्ताहरू पृथ्वी चोकमा केहीबेर नाराबाजी गरेपछि अब चिप्लेढुंगा, महेन्द्रपुल हुदै मानवअधिकार चोकतर्फ जाँदैछन् । 

आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहेको छ भने प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको छ ।

यसअघि आइतबार रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो । 

प्रहरीले गत शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने आइतब जिल्ला अदालत कास्कीमा पेश गर्दै ६ दिनका लागि हिरासतमा राख्ने अनुमति पाएको छ ।


Author

थप समाचार
x