दल

धनराज गुरुङको प्रश्न - निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ?

इकागज |
कात्तिक ६, २०८१ मंगलबार २१:२८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको स्पष्ट पारेका छन् ।

उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको बताउँदै आफू भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली भएको बताए । 


‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।’

उनले रास्वपाका कार्यकर्ताले आफ्नो तस्बिर राखेर आन्दोलन गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ? भनेर प्रश्न गरेका छन् ।


Author

थप समाचार
x