दल

प्रचण्डसहित विपक्षी दलका नेताहरू राष्ट्रपति निवासमा

इकागज |
कात्तिक ७, २०८१ बुधबार १७:१६ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन् ।


उनीहरुले सरकारले ठोस काम गर्न नसकेको, बाढी पहिरो पीडितको समयमा उद्धार र राहत दिन नसकेको, विपक्षी दलका नेताहरूलाई निशाना बनाएको लगायतका आरोप लगाउँदै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउने बताएका छन् ।

यसअघि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र बुझाएका थिए ।


 


Author

थप समाचार
x