दल

संगठन निर्माण अभियानमा केन्द्रित जसपा नेपाल

इकागज |
कात्तिक ७, २०८१ बुधबार १७:४८ बजे

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरूमा केन्द्रित रहेको छ ।

केन्द्रीय समितिको बैठकबाट अभियन्ताको रुपमा खटाइएका पार्टीका केन्द्रीय नेताहरूले आफ्नो जिम्मेवारीमा परेका पालिका समिति गठन, पुनर्गठन गर्ने कार्यलाई तीव्रता दिएका छन् । पार्टीका अधिकांश केन्द्रीय नेताहरु अभियानका लागि कार्यक्षेत्रमा खटिएका छन् ।


यसैबीच पर्सा, रौतहट, तनहुँलगायतका जिल्लाहरूमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू जसपा नेपाल प्रवेश गरेका छन् ।

जिल्ला तथा पालिकामा विस्तारित बैठक आयोजना गरिनुका साथै अनुगमन तथा समीक्षा बैठकसमेत आयोजना भइरहेका छन् ।  पार्टीको केन्द्रीय समितिले सञ्चालन गरेको यस अभियानले पार्टीको सदस्य संख्या पाँच लाख पुर्याउने लक्ष्य राखेको छ । यो अभियान मंसिर मसान्तसम्म चल्ने छ ।
 


Author

थप समाचार
x