रास्वपाको पोखरामा आज अन्तिम प्रदर्शन
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्ने भएको छ ।
सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको छ ।
पोखरामा बिहीबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने जनाएको छ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रित प्रदर्शन सुरु गर्ने पनि बताएको छ।
सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाका नेताहरुले आरोप लगाएका छन् ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।
उनले सहकारी पीडितहरु आफुहरुको आन्दोलनमा सहभागी भएको दाबि गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको समेत दाबि गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया