Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

दल

खबरदारीमा सहभागी हुन माओवादी केन्द्रको अपिल

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १४:५९ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रले सरकारकाविरुद्ध पार्टीले आयोजना गर्न लागेको खबरदारीमा सहभागी हुन अपिल गरेको छ । 

खबरदारी सभाका बारेमा जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीले कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको भन्दै खबरदारीमा सहभागी हुन अपिल गरे । 


सरकारको क्रियाकलापले देश अप्ठेरो अवस्थामा पुगेको भन्दै उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे । माओवादीले अहिलेको सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभइ निहित स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जनाएको छ । त्यस्तै प्रवक्ता सापकोटाले अहिलेको सरकारले पक्षपात पूर्ण व्यवहार गरिरहेको र सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाए । 

अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको उनको भनाइ छ । उनले कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्ला रूपमा संरक्षण गरिएको समेत जिकिर गरे । 

माओवादीले कार्तिक १० गते सुन्धाराबाट प्रदर्शनसहितको र्‍याली निकाल्ने र काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ । 


 


Author

थप समाचार
x