Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

दल

सरकार परिर्वतन बारे सोच्न सकिदैंन : डा. शेखर

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १५:४० बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बारे सोच्न नसकिने बताएका छन् ।

बिहीवार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संसोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए । उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्र्रता दिनुपर्ने उल्लेख गरे । 


जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उनले बताए । कोइरालाले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको धारणा राखे । उनले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशिल रहेको जिकिर गरे । 

उनले आफुलाई पाटीभित्र विभेद गर्ने कार्य बारे संवेदनशिल रहेको र यसबारे पार्र्टीसर्भापति शेर बहादुर देउवासंग छलफल गर्ने बताए । प्रदेश सरकार विस्तार बारे आफूसँग छलफल नगरिएको उनको गुनासो थियो ।  


Author

थप समाचार
x