Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

दल

रास्वपाले शुक्रबारदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १९:१६ बजे

काठमाडौँ - सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद सात दिन थप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ ।

गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरिरहेको रास्वपाले शुक्रबार अपरान्ह १ बजे माइतीघरमा प्रदर्शन गर्ने जानकारी दिएको छ ।


गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरूले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएका हुन् ।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।


Author

थप समाचार
x