दल

माओवादीले आज काठमाडौँमा जनप्रदर्शन गर्दै

इकागज |
कात्तिक १०, २०८१ शनिबार ७:८ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । 

सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा आज खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।


माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुन:र्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।


Author

थप समाचार
x