दल

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

इकागज |
कात्तिक १०, २०८१ शनिबार ९:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक गतिविधि र आगामी कार्यदिशाका बारेमा छलफल हुने छ ।


सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि बस्न लागेको बैठकले आगामी आन्दोलनका कार्यक्रमबारे निर्णय लिने बुझिएको छ ।

यस अघि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले लामिछानेलाई थप ७ दिनको म्याद थप भएसँगै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको थियो । तर शुक्रबारको प्रदर्शनमा तुलानात्मक रुपमा कम संख्यामा उपस्थिति भएपछि नयाँ रणनीति बनाउने बुझिएको छ ।


Author

थप समाचार
x