दल

विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो शृंखला रोकिनेवाला छैन

इकागज |
कात्तिक १०, २०८१ शनिबार १४:३५ बजे

काठमाडौँ - नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृंखला नरोकिने बताएका छन् ।

माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुसबाट माओवादीको ओरालो शृंखला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् ।


उनले भनेका छन्, 'माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको 'अनिश्चितकालीन आमहडताल' पनि देखिएकै/भोगिएकै हो, 'शहरी जनविद्रोह' पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको 'अदृश्य धाँधलीका विरुद्ध'को आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।'


Author

थप समाचार
x