एमाले र कांग्रेसले जनतालाई भोकै मर्न दिँदैनौँ, गरिबीसँग तड्पिन दिँदैनौँ- प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन् ।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरू पूर्ण कटिबद्ध भएको स्पष्ट गरेका हुन् ।
उनले भने- 'हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीसँग तड्पिन दिँदैनौँ । त्यसका लागि अहिलेको सरकार बनेको हो ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया