दल

रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने

इकागज |
कात्तिक १२, २०८१ सोमबार ९:२५ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ ।


रास्पवाले अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडि १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ ।

यस अघि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भने पनि सशक्त आन्दोलन गर्न अलमल गरेको छ ।

सहकारी ठगि र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रुपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको देखिएको छ ।


Author

थप समाचार
x