Ekagaj Logo
१५ कात्तिक २०८१, बिहीबार
(Thursday, 31 October, 2024)

दल

नेपाली समाजलाई फेक न्यूजबाट बचाऔं : उपप्रधानमन्त्री सिंह

इकागज |
कात्तिक १४, २०८१ बुधबार १३:१५ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन् ।

नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्यूजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् । 


‘आफ्नो पेशाबाट तपाईंहरूले नेपालका समाजलाई फेक न्यूजबाट  होइन की सत्य समाचारबाट सूचित गर्नुस् । फेक न्यूजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस्’, उनले भने । 

त्यस्तै अहिले व्यवस्था बदलियो अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको उनको भनाई थियो ।

‘पहिला एउटा टेलिभिजन थियो, अहिले कति वटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छ ? बैंकहरू अहिले कति थियो अहिले कति छ ? पहिला इञ्जिनियरिङ कलेज एउटा थियो, अहिले कति वटा भइसक्यो ?’ उनले भने,‘ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने तर त्यो सँगै जिम्मेवारी पनि विर्सन नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x