Ekagaj Logo
१५ कात्तिक २०८१, बिहीबार
(Thursday, 31 October, 2024)

दल

संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन हुँदैन - पोखरेल

इकागज |
कात्तिक १४, २०८१ बुधबार १५:१३ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने स्पष्ट पारेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधनका विषयवस्तु र प्रक्रियाबारे छलफल भइरहेको भन्दै मुलुकको उपलब्धिलाई बाधा पुग्ने गरि संविधान संशोधन नगरिने स्पष्ट पारेका हुन् ।


उनले संविधान सहमतिको दस्तावेज भएकाले यसलाई सबैको सहमतिमा संशोधन गरिने जानकारी बताए । 

उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारवाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताए । सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकूल नदेखिएको उनको भनाइ छ । 

पोखरेलले मीन बहादुर गुरुङले दिएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अदालती प्रक्रियामा गइसकेकोले अदालतको निर्णयलाई हेरेर अघि बढ्ने जानकारी दिए । 

गुरुङ एमालेको शुभचिन्तक भएकाले अपारदर्शी ढंगले कुनै काम नभएको उनले बताए । 


Author

थप समाचार
x