पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरू एक हुनुपर्छ : प्रचण्ड
फाइल फाेटाे
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरू एक हुनुपर्ने बताएका छन् ।
नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादीले केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले यसअघि भएका कमी कमजोरीको आ–आफ्नो पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरू एक हुनुपर्ने बताएका हुन् ।
एकताको कुरा गरेर मात्रै नहुने भएकाले मिल्ने जति तत्काल एक हुने र मिल्न नसके कार्यगत एकताबाट एकीकृत हुनु सुरु गर्नुपर्ने उनले बताए ।
हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिने प्रचण्डले बताए ।
उनले नेपाली समाजलाई रूपान्तरण गर्दै समाजवादको आधार निर्माण गर्न कम्युनिष्ट आन्दोलनले ठूलो भूमिका खेलेको पनि धारणा राखे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया