दल

एमाले बागमतीले टुङ्गायो उपनिर्वाचनका उम्मेदवारको नाम

इकागज |
कात्तिक २३, २०८१ शुक्रबार २१:३२ बजे

तस्विरः फाइल फोटो

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ । शुक्रबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर र २ वटा वडाध्यक्षसहित काठमाडौँ महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नम्बर १२, नुवाकोटको ककनी वडा नम्बर २ का लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको हो ।

एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ भने कीर्तिपुर नगरपालिकाकै वडा नम्बर १ र ४ मा क्रमशः हर्ष महर्जन र बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । वडाको हकमा सम्बन्धित जिल्लाले नै निर्णय गरेका हुन् ।


त्यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा लक्ष्मीरत्न तुलाधर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहानगरपालिका- १२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटीले गरेको छ ।

एमाले नेता आनन्द पोखरेलका अनुसार नुवाकोटको ककनी–२ मा यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने काठमाडौँ महानगरको वडा अध्यक्षबारे पनि सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गरेको छ।


Author

थप समाचार
x