दल

रवि लामिछानेलाई आज अदालत लगिँदै

इकागज |
कात्तिक २५, २०८१ आइतबार ९:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइँदै छ । उनलाई आजसहित चौथो पटक अदालतमा पेस गर्न लागिएको हो ।

लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।


अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक १५ गतेदेखि गणना हुनेगरी कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । 

 उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x