दल

किरात समुदायले नेपाली संस्कृति र सभ्यतालाई थप उचाईमा पुर्याएः डा. कोइराला

इकागज |
कात्तिक २५, २०८१ आइतबार १३:१६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले किराँत समुदायले अन्तराष्ट्रिय समुदाय बीच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाईमा पुर्याएको बताएका छन् ।

आइतबार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको अवसरमा ईलाम, सन्दकपुर-४, माबु हाङमादेनमा राष्ट्रिय विभूति लिङ्देनको शालिक अनावरण तथा किराँत फाआप मिङ्सो माङ्हिमको समुदघाट्न गर्दै किरातहरूले गरेको योगदान र कर्महरू इतिहाँसमा स्वर्णिम अक्षरले लेखिएको उनले बताएका हुन् ।


‘नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल रहँदै आएको छ । शदाव्दीयौं देखि नेपालीहरुले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति परम्पराको अनुपालन गर्दै आईरहेका छन्,’ उनले भने,’ सामूहिक भाववाट उत्पन्न एकता, शक्ति निर्माण र सामुहिक प्रगतिको भावनाले “नेपाली राष्ट्रियता” निर्माण भएको छ । लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुन्छ र यसमा राज्यव्यवस्थाको दायित्यलाई नकार्न सकिदैन ।‘

नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको उनले उल्लेख गरे । ‘राज्यव्यवस्थाको सयकडौं वर्षको ढाँचा फेरिएको छ,’ कोइरालाले अगाडि थपे,’ ढाँचा फेर्देमा कैयन सामाजिक मान्यतामा परिवर्तन आएको छैन । यसमा प्रशस्त अन्तरविरोधहरु पनि रहेको कुरा मलाई स्विकार्न संकोच छैन । ‘

साहित्य समाजको ‌ऐना रहेको र यसको राजनीतिक सीमा नहुने उनको भनाइ छ । उनले थपे,’ त्यस्तै संस्कृति व्यक्ति र समुदायको पहिचान हो । यसको सुरक्षा र संवर्धनमा साथ रहने छ ।‘

धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक काल देखि नै समस्त मानवजातीको लागि आकर्षणको केन्द्र रहँदै आएको कोइरालाले बताए । महागुरुको अवतरणले यो रमणीयभूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रुपमा पहिचान बनाउन सफल भएको उनको ठहर छ ।

तपोभूमि नेपाल उत्तर र दक्षिणवाट आउने विविध धर्म, जाति र संस्कृतिको संगमस्थल हुन पुगेको छ,’ उनले भने,’ परापूर्वकाल देखि । विश्वका अनेकन् धर्म, संस्कृति र सभ्यताहरु विभिन्न कालखण्डमा उदाए र अस्ताए पनि । तर नेपालको हिमाल पहाडका बीच पल्लवित यस किराँत धर्म र संस्कृतिले हजारौं वर्षदेखि नेपालभित्र मात्र होइन आज देश बाहिर पनि आफ्नो पृथक पहिचान राख्न सकेकोमा हामी सबै गौरवान्वित छौं ।‘

किराँत धर्मावलम्वीहरुले आफ्नो लोक जिवनको उल्लास, खुशीयाली र सम्पन्नताको लागि देश विदेशमा पनि प्रसिद्धि कमाएको उनले सुनाए ।


Author

थप समाचार
x