दल

रास्वपाको भैरहवामा प्रदर्शन

इकागज |
कात्तिक २८, २०८१ बुधबार १९:१८ बजे

काठमाडौँ - पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको भन्दै रास्वापाले बुधबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् । 

न्याय मार्न पाइदैन, अन्याय गर्न पाइदैन भन्दै रास्वपाले भैरहवाका बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन् । लामिछानेलाई बयानका लागि भैरहवा पुराएसंगै रास्वपाका केन्द्रीय नेताहरु समेत भैरहवा पुगेका छन् ।


उनीहरुले प्रदर्शनको नेतृत्व गर्दै लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिएर दुख दिने काम गरेको बताएका छन् ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई मंगलबार पोखराबाट भैरहवा पुर्याइएको थियो । प्रदर्शनकारीले जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन गर्न खोजेपनि प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच ढकेलाढकेल समेत भएको थियो ।


Author

थप समाचार
x