मुलुकलाई पछाडि फर्काउने कसरत देखियोः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पछाडि फर्काउने कसरत देखिएकाले परिवर्तनकारी शक्तिहरु सजक हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहिकेहिमा अहिलेको परिवर्तनबाट पछि हट्ने मनसाय देखिएको भन्दै बिगतको जस्तो संविधान मिच्ने वा संसद विघटन गर्ने कसरतबाट सजक हुनुपर्ने बताएका हुन् ।
त्यस्तै राजावादीहरुले जनतामा फैलिएको असन्तुष्टीलाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिगमततर्फ लैजाने प्रयास पनि सफल हुन नदिने उनले बताए ।
प्रचण्डले गिरिजाप्रसाद कोइरालाले मृत्युशैयामा हुँदै गर्दा आफूलाई देशको जिम्मा दिएको सधै स्मरण गर्ने धारणा राखे । उनले अहिले बाघको छालामा स्यालको रजाईं हुन खोजेको हो की भन्ने आभाष हुने गरेपनि त्यसलाई सफल हुन नदिने बताए ।
उनले माओवादीले गरेको गल्ती कमजोरीलाई आत्मसमिक्षा गर्दै अघि बढ्ने बताए । आफु मिठा कुरामा चिप्लिदा मुलुकको राजनीतिक अवस्था जटिल भएको तर्फ आफु जानकार रहेको उनको भनाइ छ । उनले सरकार छाडेकोमा कुनै चिन्ता नभएको र अहिले अझ कम्र्फट महशुस गरेको बताए
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया