Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

दल

एमालले कामठमाडौँमा जागरण सभा गर्ने

इकागज |
कात्तिक ३०, २०८१ शुक्रबार १७:१५ बजे

फाइल फोटो

नेकपा एमालेले विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माणका लागि मङ्सिर ७ गते काठमाडौंमा जागरणसभा गर्न लागेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम भएको जनाएको हो । 


एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

वर्तमान सन्दर्भमा जनताका बिचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभाको आयोजना गर्न लागेको उनले बताए । वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न र समग्र सुधारको प्रक्रिया अघि बढाउन समेत जागरणसभा आयोजना गर्न लागेको उनले बताए ।

पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको बताउँदै त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पारे । जनता असन्तुष्ट छन् भनि गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको उनले जानकारी दिए। सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि छानबिन प्रक्रिया अघि बढ्दा अराजक गतिविधि देखिएको र कानुनी राजको खिल्ली उडाउने काम भएको उनले बताए ।

उनले सामाजिक अराजकता प्रवृत्तिकै रुपमा अघि बढेको भन्दै यसले विकास र समृद्धिलाई बाधा पुराउने आशंका व्यक्त गरे । उनले राजनीतिक स्थायीत्वका आधार खोज्नका लागि ठूला दलबीच सहकार्य भएको भन्दै यसलाई प्रभावकारी बनाउन संयन्त्र समेत बनाइएको जिकिर गरे ।


Author

थप समाचार
x