सहकारीको नाममा जनता लुट्ने काम रोक्नुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
फाइल फाेटाे
काठमाडौँ - नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचत कर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् ।
बिहीवार सहकारी पीडितहरुले काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारबाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका हुन् ।
उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसंग माग गरे ।
बचतरकम फिर्ताको माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै उनले आपत्ति जनाए ।
माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा केही बचतकर्ता घाइते भएका थिए । बिहीबार घाइते लगायतका सहकारी पिडितहरूले पुन माइतीघरमा प्रदर्शन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया