नेपाल कम्युनिस्ट पार्टीले माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोलाले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिए ।
उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तीय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याज विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत जानकारी दिए ।
अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधीन संयुक्त सरकार विकल्प भएको बताए । लिपुलेकका सन्दर्भमा चीन र भारतबीच भएको समझदारी खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षण समेत गराए ।
त्यस्तै, बहुमतले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खोजेर गर्न समेत माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया