दल

कर आतंक विरुद्धको आन्दोलन अझै कडा बनाउने आजपाको निर्णय

इकागज |
मंसिर ११, २०८१ मंगलबार १५:३० बजे

काठमाडौं - आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्चता सहितको शासन सत्ता स्थापित गराउन पूर्व घोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउने निर्णय गरेको छ । 

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै संघर्षका कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । 


आजपाले सरकारको मनोमानी कर आतंक विरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाउन काठमाडौं उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौं उपत्यका विशेष कमिटीले विगतमा काठमाडौंमा सरकारको मनोमानी कर आतंक विरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलन कार्यक्रम अगाडी बढाउने निर्णय स्थायी कमिटी बैठकले गरेको छ । 


Author

थप समाचार
x