दल

डा. कोइरालाले भनेः बिआरआईका विषयमा संसदमा पर्याप्त र खुल्ला छलफल हुनुपर्छ

इकागज |
मंसिर १४, २०८१ शुक्रबार १९:५१ बजे

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिआरआईका विषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

कोइरालाले बिआरआईका विषयमा कांग्रेस-एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताए । ​


विराटनगर विमानस्थलमा सहकर्मीहरुसँँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील बिषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताएका छन् । बिआरआईका विषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनीहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाले बताए ।


Author

थप समाचार
x