दल

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमा राजनीति सहमति नजुटे सडकबाटै खबरदारी गर्छौँ : सुबोध (भिडियो)

इकागज |
मंसिर २१, २०८१ शुक्रबार १३:२१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थीरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।


दलहरूबीच सहमति जुटे संसद्‌बाट र सहमति जुट्न नसके जनतामाँझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनको भनाइ छ ।

सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरे ।

उनले प्राप्त भइरहेका अधिकार कटौति गर्न माओवादी सहमत नरहेको तर अग्रमनका लागि हुने संविधान संशोधनमा तयार नै रहेको बताए । 


Author

थप समाचार
x