दल

सहकारी छानबिनका नाममा रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्यो -  प्रचण्ड

इकागज |
मंसिर २५, २०८१ मंगलबार १६:१८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी छानबिनका नाममा रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । 

चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा रहेका दलले आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका हुन् ।


देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा काँग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन अहिलेको सरकार केन्द्रित रहेको उनले बताए । प्रचण्डले रवि लामिछानेसँग कांग्रेस र एमाले तर्सिएकै कारण अनुसन्धानमा राख्ने काम भएको उल्लेख गरे । उनले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिए । 

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उनको भनाइ छ । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे । 

अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सिमा समस्या समाधान, विद्युत व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको विआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको बताए । 

यसपटक चीन भ्रमणको बेला अहिलेका प्रधानमन्त्री केपी ओलीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेको उनले बताए । 


Author

थप समाचार
x