आठ भ्रातृ संस्थाको महाधिवेशन गर्न देउवाले तोके संयोजक र सदस्य (सूचीसहित)
फाइल फोटो
सत्तारुढ नेपाली कांग्रेसले महाधिवेशन हुन नसकेका आठ वटा भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले नेपाल दलित संघ, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन आगामी चैतभित्र गर्नेगरी निर्देशन समिति बनाएका हुन् ।
सम्बन्धित भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशन समेत गर्नका लागि सभापति देउवाले निर्देशन समिति गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत असोज १६ गते गठन गरिएकोमा नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा संशोधन गरिएको पौडेलले बताए ।
हेर्नुस् कसले पाए जिम्मेवारी
नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री जीवन परियार-संयोजक
२. केन्द्रीय सदस्य लक्ष्मी परियार-सदस्य
३. केन्द्रीय सदस्य शान्ति परियार वि.क.-सदस्य
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)
१. प्रवक्ता डा. प्रकाशशरण महत-संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल-सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला- सदस्य
नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य रमेश रिजाल - संयोजक
२. केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी. - सदस्य
३. केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ - सदस्य
नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य एन.पी. साउद -संयोजक
२. केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ - सदस्य
३. केन्द्रीय सदस्य महेन्द्र कुमारी लिम्बू - सदस्य
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत - संयोजक
२. केन्द्रीय सदस्य उमेशजंग रायमाझी - सदस्य
३. केन्द्रीय सदस्य गणेश लामा- सदस्य
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मधु आचार्य - संयोजक
२. केन्द्रीय सदस्य सरस्वती बजिमय - सदस्य
३. केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ - सदस्य
नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य उदयशम्शेर राणा- संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित- सदस्य
३. केन्द्रीय सदस्य योगेन्द्र चौधरी - सदस्य
नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल - संयोजक
२. केन्द्रीय सदस्य मुक्ताकुमारी यादव - सदस्य
३. केन्द्रीय सदस्य कान्तिका सेजुवाल- सदस्य
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया