दल

अशोक राइ समुहलाइ कारबाहीको माग गर्दै उपेन्द्र यादव समुह निर्वाचन आयोग जाँदै

इकागज |
पुस १, २०८१ सोमबार ७:४७ बजे

फाइल फोटो

पार्टी विभाजन गर्ने अशोक राइको समुहलाइ कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ ।

जसपा नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरे पछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समुह निर्वाचन आयोगमा जान लागेका हुन् ।


अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवादी पार्टी गठन गरे पनि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो । 

तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेको हो ।


Author

थप समाचार
x