दल

रवि लामिछाने माथिको अनुसन्धान प्रतिवेदन बुझाइयो

इकागज |
पुस १, २०८१ सोमबार १४:५ बजे

फाइल फाेटाे

कास्की : सहकारी घोटालामा मुछिएका पूर्व उपप्रधान तथा गृह मन्त्रीमाथि प्रहरी छानबिन सकिए पछि अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीन वटै मुद्दा एकै पटक अब दर्ता हुनेछ ।


संघीय संसदका सांसद सुर्य थापा नेतृत्वको सहकारी विशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरे पछि उनी कार्तिक २ मा पक्राउ परेका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले सम्भवतः सोमबार नै अदालतमा लामिछानेलाई उभ्याउने छ ।

कास्की प्रहरीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाइएको हो ।


Author

थप समाचार
x